३. इजाजतपत्रको लागि निवेदन दिनु पर्ने
(१) ऐनको दफा ५ बमोजिम इजाजतपत्र लिन चाहने व्यक्ति वा संगठित संस्थाले इजाजतपत्रको लागि नियम ७ को उपनियम (१)
बमोजिमको निवेदन दस्तुर सहित देहायका ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनुपर्नेछ ।
(क) स्याटेलाइट वा अन्य सञ्चार माध्यमद्वारा कार्यक्रम प्रसारण गर्न, डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्र (डिजिटल हेडइण्ड)
स्थापना गरी सिग्नल वितरण गर्न, अन्य व्यक्ति वा संगठित संस्थाले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी
कार्यक्रम प्रसारण गर्न वा एनालग प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी केबुलको माध्यमद्वारा कार्यक्रम प्रसारण गर्न अनुसूची–
१(क) बमोजिमको ढाँचा,
(क१) नियम ४ को उपनियम (१) को खण्ड (क) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्था आफैँले कार्यक्रम उत्पादन गरी आफ्नो वितरण प्रणालीबाट टेलिभिजन च्यानल प्रसारण गर्न अनुसूची-१(क१ ) .बमोजिमको ढाँचामा,(ख) फ्रिक्वेन्सी मोडुलेशन प्रसारण प्रणालीको स्थापना गरी कार्यक्रम प्रसारण गर्न अनुसूची–१(ख) बमोजिमको ढाँचामा,
(ग) केबुल वा भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणाली (डाइरेक्ट टु होम) मा आधारित भई टेलिभिजन प्रसारण गर्नको लागि अनुसूची–१(ग) बमोजिमको ढाँचामा ।
(१क) उपनियम: (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भू-सतही माध्यमबाट टेलिभिजन च्यानल प्रसारण गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले यो नियम प्रारम्भ भएको मितिले छ महिनाभित्र अनलाइन, केबल वा भू-उपग्रहमध्ये कुनै एक प्रसारणको माध्यम छनोट गरी सोको इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेछ।(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुुनु अघि केबुलको माध्यमबाट कार्यक्रम प्रसारण गर्न इजाजतपत्र लिई एनालग प्रविधिमा आधारित सिग्नल वितरण गरेको व्यक्ति वा संगठित संस्थाले उपनियक (१) को खण्ड (क) बमोजिमको
इजाजतपत्र प्राप्त व्यक्ति वा संगठित संस्थाबाट सिग्नल प्राप्त गरी केबुलको माध्यमबाट
प्रसारण गर्न छुट्टै इजाजतपत्र लिनु पर्ने छैन । तर त्यस्तो इजाजतपत्र प्राप्त नगरेको व्यक्ति वा संगठित संस्थाले डिजिटल प्रविधिमा
आधारित प्रसारण केन्द्र स्थापना गर्नको लागि इजाजतपत्र प्राप्त अर्को व्यक्ति वा संगठित संस्थाबाट सिग्नल प्राप्त गरी वितरण गर्ने भएमा यस नियम बमोजिम इजाजतपत्र लिनु पर्नेछ ।